म्यादी प्रहरीलाई सुरक्षा निकायमा आगामी भर्नामा प्रथमिकता



काठमाडौं ।

म्यादी प्रहरीलाई सुरक्षा निकायमा आगामी भर्नाका लागि पहिलो प्राथमिकता दिने भएको छ ।

स्थानीय तह निर्वाचन अवधिसम्मका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरूले निर्वाचनमा सुरक्षा दिँदा नयाँ भन्दा अनुभव प्राप्त हुने भएकोले सुरक्षा निकायमा आगामी भर्नाका लागि प्राथमिकता दिइने भएको हो ।

आज (शनिबार) गृहमन्त्री बालकृष्ण खाणगृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

उक्त गोष्ठीमा निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न गृहमन्त्री  खाणले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए । निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँ भन्दा अनुभव प्राप्त हुन्छन्, गृहमन्त्री खाणले भने । आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्ड अनुरुप भएका भएमा उनीहरूलाई प्राथमिकतामा राख्न खाणले निर्देशन दिए ।

त्यस्तै गृहमन्त्री खाणले निर्वाचन सम्पन्न हुने बेलासम्म देखिने सबै प्रकारका चुनौति उपलब्ध स्रोत र साधन उपयोग गरेर सामना गर्न तयारी अवस्थामा रहन समेत निर्देशन दिए ।

उनले सीमित स्रोत साधन उपयोग गरेर अहिलेसम्म जिल्ला जिल्लामा भएको निर्वाचनको सुरक्षा सम्बन्धमा भएको तयारी प्रशंशायोग्य रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्