अन्तर्राष्ट्रिय प्रशिक्षक सोनु शर्माको मोटिभेसनल सेसन



काठमाडौं।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बिमा प्रशिक्षकमार्फत् ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभरका १ हजार ३ सय ४५सक्रिय अभिकर्ताको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीका अभिकर्ताले नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाउन मुख्य भूमिका निभाएको भन्दै अभिकर्ताहरूको प्रसंशा गर्नुु भयो ।उहाँले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा जगाउन तथा व्यवसाय वृद्धि गर्न बिमा क्षेत्रका विज्ञसँग मोटिभेसनल सेसन गरेको र आगामी दिनमा पनि यस्ता प्रशिक्षणलाई निरन्तरता दिने बताउनुभयो ।

सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक . ८ अर्ब २१ करोड रहेको छ भने लगानी १३८ अर्ब ८२ करोड रूपियाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बिमा कोष १२४ अर्ब ८४ करोड रूपियाँ र सेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ । २ लाख ३ हजार भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय २ कार्यालय सञ्जालमार्फत् जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

नेसनल सेल्स म्यानेजर दिग्विजय सिंहले नेपाल लाइफका अभिकर्ताहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिमा प्रशिक्षकमार्फत् प्रशिक्षण नियमित गर्ने र सोका लागि कम्पनीले अभिकर्ताहरूका लागि व्यापार लक्ष्यसहितको स्कीम ल्याउने जानकारी गराउनुभयो ।नेसनल सेल्स म्यानेजर उमापति पोखरेलले धन्यवाद ज्ञापन गर्दै हालसम्म स्वदेश र विदेश गरी ३० लाख ४७ हजार ५ सय ६० व्यक्ति यस कम्पनीमा बीमित भइसकेका र ग्राहकहरूको हितलाई मध्यनजर गरी थप नयाँ बिमा योजना, सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले यस मोटिभेसनल सेसन उपलब्धिपूर्ण रहेको प्रतिक्रिया जनाएका थिए । यस किसिमका कार्यक्रमहरूले काम गर्ने जोस, उत्प्रेरणा तथा उत्साह जागरण गर्ने अभिकर्ताहरूको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्