नेपाल अडिटर्स एशोसिएसन काभ्रेको छैटौ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्जुनदास श्रेष्ठ



काभ्रे ।

नेपाल अडिटर्स एशोसिएसन काभ्रेको छैटौ जिल्ला अधिवेशनबाट अर्जुनदास श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । उपाध्यक्ष सत्यनारायण सापकोटा, सचिव कृष्णगोपाल श्रेष्ठ, कोषाध्यक्ष श्रीराम शर्मा, सदस्यहरू महेशकुमार कर्माचार्य, दयाराम कुस्मा, श्रीविक्रम ब्याञ्जु, तारानाथ बञ्जारालाई निर्वाचित भएका छन् ।

केन्द्रीय बरिष्ठ उपाध्यक्ष केदारनाथ पौड्यालको प्रमुख आतिथ्यतामा छैटौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । राष्ट्रिय समृद्धी र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि हाम्रो अडान भन्ने नाराका साथ अधिबेशनले सम्पन्न भएको छ ।

कार्यक्रमको समापनमा बोल्दै नवनिर्वाचित अध्यक्ष अर्जुनदास श्रेष्ठले नेपाल अडिटर्स एशोसिएसनले नागरिक र राज्यलाई सहयोग पु¥याउने उदेश्यले विभिन्न कार्यक्रम गरिरहेको बताए । नागरिकहरुलाई करमैत्री बनाउने अभियानमा अडिटर्सहरुको मुख्य भूमिका रहेको बताउँदै अध्यक्ष श्रेष्ठले राज्यले अडिटर्सहरुलाई गर्नु पर्ने ब्यवहार र नीति निर्माणमा पनि सहज गर्नु पर्ने बताए ।

प्रमुख अतिथि बरिष्ठ उपाध्यक्ष केदारनाथ पौडेलले मुलुक निर्माण र समृद्धीका लागि अडिटर्सहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । राज्यलाई करमा आत्मनिर्भर बनाउन अडिटर्सहरुले कर तिर्ने वातावरण तयार गरिदिएको उनले बताए ।

अधिबेशनको उद्घाटन सत्रमा केन्द्रीय महासचिव झलकमणी लम्साल, उप महासचिव भोलानाथ पाठक, पुर्व उपमहासचिव मिरा श्रेष्ठ, केन्द्रीय सल्लाहकार भिमसेन गौतम, केन्द्रीय नेताहरु श्रेया झा, काठमाडौ जिल्ला अध्यष पोषणलाल श्रेष्ठ, बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य, पनौतीका प्रदिप पौड्याल, आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख कमलबहादुर राजलवट, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोँजु, संघका सचिव कृष्णगोपाल श्रेष्ठ, माया बादे लगायतले अडिटर्सहरुले खेलेको भूमिका र आगामी दिनमा गर्नु पर्ने कार्यका बारेमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्