ईक्रा नेपालद्वारा एनएमबी बैंकको रेटिङ्गमा स्तरन्नोति



काठमाडौं ।

ईक्रा नेपाल लिमिटेडले एनएमबी बैंकको विगतको रेटिङ्गलाई स्तर बृद्धि गरी आईसीआरएएनपी–आईआर ए रेटिङ्ग प्रदान गरेको छ ।
यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरू समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

यस्ता संस्थाहरूमा न्यून कर्जा जोखिम रहेको मानिन्छ । ईक्रा नेपाल लिमिटेड भारतस्थित आईसीआरए लिमिटेड अफ इन्डियाको सहायक कम्पनीको रूपमा नेपालमा दर्ता भएको नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त नेपालको पहिलो रेटिङ्ग एजेन्सी हो ।विगतका वर्षहरूमा विभिन्न संस्थाहरूसँग भएको मर्जर तथा प्राप्तिको सकारात्मक प्रभाव, सोपश्चात् बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जालका कारण देशव्यापी रूपमा बैंकका ग्राहकको संख्यामा उल्लेख्य वृद्धि तथा सोबाट बैंकको बजार हिस्सामा भएको वृद्धि, पूँजीगत पर्याप्तता तथा तरलताको सहज व्यवस्थापनका कारण बैंकको कर्जा तथा तरलताको क्षेत्रमा देखिएको जोखिम व्यवस्थापन गर्न सक्ने क्षमता, कर्जामा भएको विविधता, साना तथा मझौला कर्जामा भएको वृद्धि, बैंकको सकारात्मक विगत, असल स्वामित्व तथा कुशल र अनुभवी व्यवस्थापन समेतका आधारमा ईक्रा नेपालले बैंकलाई यसअघि प्रदान रेटिङ्गमा स्तर वृद्धि गर्दै उक्त रेटिङ्ग प्रदान गरेको हो ।

कोभिड १९ को असरका कारणले देशको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहेको समयमा समेत बैंकको परिसूचकहरूमा देखिएको उल्लेखित सुधारहरूले गर्दा यो स्तर वृद्धि सम्भव भएको हो ।

प्रतिक्रिया दिनुहोस्