फोनपेको प्रमुख कार्यकारी अधिकृतमा सापकोटा नियुक्त



काठमाडौं ।

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त हुनुभएको छ ।

फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागु हुनेगरी सापकोटालाई सीईओका रूपमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै एसिस्टेन्ट सीईओका रूपमा कार्यरत हुनुहुन्थ्यो । सापकोटाले फोनपेमा शुरूमा प्रमुख टेक्नोलोजी अफिसरका रूपमा काम शुरू गर्नुभएको थियो । उहाँ यसअघि नेपाल क्लियरिङ्क हाउसमा आबद्ध हुनुहुन्थ्यो ।

एभरेस्ट बैंकबाट आफ्नो करियर शुरू गर्नुभएका सापकोटासँग डिजिटल भुक्तानी र आईटी क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव छ । आइटीदेखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पु-याउने विश्वास लिइएको छ ।फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनपेमार्फत् अन्तरबैंक फन्ड ट्रान्सफर, हब पेमेन्टलगायतका कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।

प्रतिक्रिया दिनुहोस्