पठाओले बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेनलाई सम्मान गर्दै



काठमाडौं ।

पठाओले बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ । २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गर्ने तयारी गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले बताइन् ।

पठाओको यात्रामा हाम्रा राइडर, क्याप्‍टेन र फुडमेन साथिहरुले साधै हामीलाई हाम्रो परिवारझै साथ दिनुहुनु भएको छु हमाल थप्छिन् उहाँहरुको योगदानको कदर गर्दै यो कार्यक्रम आयोजना गरेका हौँ ।सबै कामलाई सम्मान गरौं, एउटै नजरले हेरौं र सोचमा सकारात्मक परिवर्तन ल्‍याउँ भन्‍ने आशाका साथ कार्यक्रम आयोजना गरिएको हमालको भनाइ छ ।

पठाओलाई उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म बनाउन योगदान दिने राइडर, क्याप्‍टेन र फुडमेनहरुलाई प्रोत्साहन गर्न आयोजना गरिएको कार्यक्रम बैशाख १८ गते ९मे १० श्रम दिवसको दिन हुने बताइएको छ । यस कार्यक्रमलाई आगमी वर्षहरुमा पनि आयोजना गर्ने हमालले जानकारी दिइन् ।

२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङमार्फत पठाओ नेपालले सेवा सुरू गरेको थियो। ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा सुरु गरेको पठाओले राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० देखि होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुडु सन्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्