नेपोभिट टाइल्स अब नेपालमा नै उत्पादन हुने



काठमाडौं ।

नेपाल सेरामिक इन्डस्ट्रिजअन्तर्गत नेपोभिट टाइल्स नेपालको पहिलो र एक मात्र टाइल्स उत्पादन गर्ने ब्रान्डले देशभरिका डिलरको उपस्थितिमा नेपोभिट टाइल्स सार्वजनिक गरेको छ ।

उद्घाटन समारोहमा महानायक राजेश हमालले आफू नेपोभिट टाइल्सको सदभाव दूत भएको सार्वजनिक गर्दै नेपोभिट टाइल्सको गुणस्तर, बजारमा प्रभाव अनि यसको अत्याधुनिताको बारेमा चर्चा गर्नुभयो ।

नेपोभिट टाइल्सको अध्यक्ष शम्भुनाथ शाहले भन्नुभयो– ‘नेपालमै टाइल्स उत्पादन गरेर देशभित्रको माग पूरा गर्दै विदेशी टाइल्सको आयात घटाउनु साथै नेपाली उत्पादनलाई विदेशतिर निर्यात गर्दै वैदेशिक मुद्रा देशमा भित्र्याउने हाम्रो सोच हो ।

प्रतिक्रिया दिनुहोस्