वाणिज्य बैंक १५ भन्दा बढी आवश्यक नरहेको निष्कर्ष



काठमाडौं ।

नेपाल राष्ट्र बैंकको एक अध्ययनले नेपालमा वाणिज्य बैंकको संख्या बढीमा १५ भन्दा बढी आवश्यक नरहेको निष्कर्ष निकालेको छ । केन्द्रीय बैंकले गरेको एक अध्ययनले वाणिज्य बैंकको संख्या थोरैमा ११ र बढीमा १५ हुनु पर्ने राय सरोकारवालाले दिएका हुन् ।

राष्ट्र बैंकको निष्कर्ष यो छ कि समान अर्थतन्त्रको आकार, प्रतिव्यक्ति आय र जनसंख्या भएका मुलुकको तुलनामा नेपालमा वाणिज्य बैंकको संख्या निकै बढी हो । अध्ययनले नेपालमा सबै प्रकारका वित्तीय संस्थाको संख्या पनि बढी भएको निष्कर्ष निकालेको छ ।
राष्ट्र बैंकको अध्ययनले २० प्रतिशत सरोकारवाला वाणिज्य बैंकको संख्या कम्तीमा ५ देखि बढीमा १० बनाउनुपर्ने उल्लेख छ । बैंकले गरेको अध्ययनमा १५ प्रतिशतको राय बढीमा २० बैंक हुनुपर्ने भन्ने छ ।

बैंकर तथा विज्ञबाट लिइएको रायमा मर्जर नै बैंकको संख्या घटाउन उपयुक्त औजार मानिएको छ । राष्ट्र बैंकले १४० बैंकर तथा ९० विज्ञलाई प्रश्नावली फारम भर्न लगाएको थियो । सोही आधारमा बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले बैंकको संख्या बढीमा १५ हुनुपर्ने निष्कर्ष निकालेको हो ।

 

प्रतिक्रिया दिनुहोस्