मुक्तिनाथ बैंक र रेसिडेन्सीबीच सम्झौता



काठमाडौं (नेस) ।

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन भरतपुर टाउन रेसिडेन्सीसँग विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले भरतपुर टाउन रेसिडेन्सी लाउन्ज एन्ड बारमा बसाई र खाना तथा परिकारहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्