एनएमबि बैंकले विद्यार्थीलाई दियो स्कूल ब्याग



काठमाडौं ।

एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत पुकु दिदी फाउण्डेशन र वाग्मती मावि, सिसौट सर्लाहीका प्रधानाध्यापक रामसिंहासन रायको उपस्थितिमा उक्त विद्यायलका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ ।

वितरणको क्रममा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोख्रेल सहित शाखा प्रवन्धकहरु विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए भने पुकु दिदी फाउण्डेशनबाट शोभा पौडेल लगायत सदस्यहरु उपस्थित थिए ।

बैंकले स्कुल ब्याग, इन्भर्टर र ब्याट्री वितरण गरेको थियो । उक्त कार्यक्रममा प्रदेश प्रमुख पोख्रेलले यस सहकार्यले विद्यार्थी भाईबहिनीमा पठन पाठनमा सहज हुने विश्वास ब्यक्त गर्नु भयो । विगत २६ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

प्रतिक्रिया दिनुहोस्