उद्यमीलाई ऋण प्राप्ति प्रक्रियासम्बन्धी कार्यक्रम सम्पन्न



गुल्मी ।

गुल्मी जिल्ला सदरमुकाम तम्घासमा उद्यमीहरूलाई व्यवसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रियासम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लास्थित विभिन्न उद्यमीहरूको सहभागितमा उद्यमीहरूलाई व्यावसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रियासम्बन्धी सहजीकरण कार्यक्रम गरेको हो ।

उद्यमीहरूले आफ्नो व्यवसाय गर्दा व्यावसायिक योजना तयारी र ऋण कसरी लिने कहाँबाट लिने भन्ने जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रमम घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले व्यावसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रियासम्बन्धी विभिन्न जानकारीमूलक प्रस्तुति राखेका थिए ।

सहभागीलाई वित्तीय सेवामा पहुँच तथा वित्त व्यवस्थापनसम्बन्धी जानकारी गराइएको हो । कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले घरेलु उत्पादनलाई राज्यले जति प्रथामिकता दिनुपर्ने हो त्यति दिन नसकेको बताउनुभयो ।
उद्यम गर्दै गर्दा व्यावसायिक शिक्षा कमी भएको पौडेलले बताउनुभयो । उत्पादन भएका वस्तुलाई आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती रहेको पौडेलले बताताउनुभयो ।

उहाँले घरेलु उद्यमीहरू थोरै उत्पादन गर्दा धेरै उत्पादन भएको वस्तुमा मूल्यमा अन्तर आउने बताउनुभयो । बजारीकरणको लागि उचित तालिम र व्यावसायिक सहुलियत कर्जा प्राप्ति कसरी गर्न सकिन्छ भनेर त्यसमा पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।कार्यक्रममा चौथो गुल्मी महोत्सवमा घरेलु क्षेत्रबाट उत्पादित वस्तुहरूको प्रर्दशनमा सहभागीहरूलाई प्रमाण पत्रले सम्मान गरिएको थियो । महोत्सवमा व्यवसायीकहरूले महोत्सवमा आफ्ना उत्पादनलाई सबैसामु चिनाउन सफल भएको बताएका थिए । यसले गर्दा बजारीकरणमा टेवा पुग्ने अपेक्षा व्यवसायीहरूको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्