कतार एयरवेज मेटाभर्समा प्रवेश



काठमाडौं ।

भारतको नोयडामा रहेको प्रविधि कम्पनी एक्युफिटले भारतमा विभिन्न रेन्जका स्मार्ट वाच र स्मार्ट ब्यान्ड नेपाली बजारमा सार्वजनिक गरेको छ ।आधुनिक प्रविधिले भरपुर एक्युफिटले ल्याएकफ डब्लु ९ बीटी कलिङ स्मार्टवाचले स्मार्टफोनबिना नै थुप्रै काममा सघउ पु¥याउने कम्पनीले दाबी गरेको छ ।

यसमा हार्ट रेट, ब्लड अक्सिजन तथा क्यालोरी काउन्टजस्ता स्वास्थ्यसम्बन्धी फिचर उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ । एक्युफिटका स्मार्ट वाचहरू स्टाइलिस हुनुका साथै अधिकांश रूपमा फिटनेस तर्फ केन्द्रित रहेको कम्पनीको दाबी छ । यसबाहेक यी डिभाइसमार्फत् फोन, मेसेज, सामाजिक सञ्जाल तथा मौसमसम्बन्धी अपडेट पाउन सकिने भएको छ ।

यसमा रहेको ब्लुटुथ ५ ले स्मार्टफोनसँग समन्वय गरी यसमा रहेको इन–बिल्ट स्पीकर मार्फत् ब्लुटुथ कलिङको सुविधा उपलब्ध गराएको छ । यसबाहेक आफ्ना सबै कन्ट्याक्ट तथा कल रेकर्ड वाचमै रहने र कसरत गरिरहेका बेला पनि स्मार्टफोनमा नछोई वाचमार्फत् नै कल रिसिभ गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्