ट्राफिक प्रहरीलाई डिभाइडर हस्तान्तरण



काठमाडौं  ।

महालक्ष्मी विकास बैंकको महाराजगन्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगन्जलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै यस बैंकको महाराजगन्ज शाखाले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगन्ज लाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो । महानगरपालिकामा चुनौतीका रूपमा रहेको ट्राफिक व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोड डिभाइडर हस्तान्तरण गरिएको बैंकका महाराजगन्ज शाखाका प्रबन्धक पल्लभ श्रेष्ठले जानकारी दिनुभयो ।

सो कार्यक्रममा वृत्तका नायव निरीक्षक पुरुषोत्तम ढकालले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका काम महानगरभित्र प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको बताउनुभयो ।महानगर वरपर ट्राफिक व्यावस्थापनमा माहानगरपालिकालाई सहजता होस् र दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने हेतुले रोड डिभाइडर वितरण गरिएको बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर फैलिएर रहेका १०३ शाखाहरूबाट कोर बैकिङ्गका सेवाहरू मात्र नभई विभिन्न सामाजिक कार्यहरूलाई प्रभावकारी रूपले निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्