हुँगीमा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर


पाल्पा  ।

जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

एक्सटेन्सन काउन्टर सञ्चालन आएसँगै स्थानीय बासिन्दाले सहजरूपमा सम्पूर्ण बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । काउन्टर शुभारम्भ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले स्थानीयस्तरमा बैंक आएपछि आमनागरिक र स्थानीय सरकारलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वृद्धभत्ता, अपाङ्ग महिला तथा बालबालिकाको सामाजिक सुरक्षा भत्ता, योजनाको भुक्तानी निकासा, उद्यमी कर्जा तथा निक्षेप संकलनका लागि सहज हुने बताउनुभयो ।नयाँ एक्सटेन्सन काउन्टर शुरू भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरूको संख्या ५१ पुगेको छ ।

मुलुकभर २ सय ८८ शाखा, २ सय ७५ शाखारहित बैंकिङ्ग सेवा, २ सय ५७ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय बैंकले सेवा नपुगेका क्षेत्रहरूमा आफ्नो सेवा विस्तार कार्यलाई तीव्रताका साथ अगाडि बढाएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।