एनआईसी एसिया बैंकको वित्तीय विवरण सार्वजनिक



काठमाडाैं ।

एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकमा अग्रणी स्थान ओगटेको बैंकको समग्र वित्तीय विवरणका परिसूचक उत्साहजनक रहेको दाबी बैंकले गरेको छ । बैंकले तेस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७ दशमलव७४ अर्ब पु-याएको छ ।

निक्षेपतर्फ कुल निक्षेप संकलन ३०२दशमलव ८१ अर्ब पुगेको बैंकले जनाएको छ । बैंकले पछिल्लो त्रयमासमा खुद नाफा ३ दशमलव ६० अर्ब आर्जन गरेको छ । वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि भएको बंैकले जनाएको छ ।यसै गरी बैंकको स्वःपुँजीमा प्रतिफल २१ दशमलव ४६ प्रतिशत रहेको छ, नेपालमा रहेका २७ वटै वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कारोबार रहेको अनुमान बैंकले गरेको छ ।

बैंकले तेस्रो त्रयमासम्ममा ९ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाखभन्दा बढी खातामार्फत ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रमा कर्जा विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्