माकलबारीमा सेञ्चुरी बैंकको नयाँ शाखा



काठमाडौं  ।

सेञ्चुरी कमर्सियल बैंकले सेवाविस्तार गर्ने क्रममा गोकर्णेश्र नगरपालिका–८ जोरपाटी माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राईले माकलबारी शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गर्नुभएको थियो । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्राडा. गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।

माकलबारी शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २७ पुगेको छ ।गत चैत मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३ दशमलव ५९ प्रतिशतले बढी हो । बैंक पहिलोपटक खुद मुनाफा १ अर्ब कटाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्