डेलिभरी शुल्कमा ५० प्रतिशत छुट



काठमाडौं (नेस) ।

नेपालका साना तथा मझौला उद्यमलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिज बजारले नववर्ष लक्षित स्किम ल्याएको छ ।

नववर्ष लक्षित यस स्किममा सेवाग्राहीले बिज बजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् भने यो स्किम वैशाख महिनाभरि लागु हुने कम्पनीले जनाएको छ ।

साथै साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धिमा बिज बजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्