बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनको पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ ।

बुधबार सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्