फाेनपेको चिफ बिजनेस अफिसरमा दास नियुक्त



काठमाडौं ।

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त हुनुभएको छ । नवनियुक्त दासलाई बुधबार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गर्नुभयो ।

दास यसभन्दा अगाडि नेपालको चर्चित ब्रान्ड ब्रान्ड कोकाकोलामा आबद्ध हुनुहुन्थ्यो । उहाँ कोकालामा १२ वर्षभन्दा लामो समयसम्म एरिया सेल्स म्यानेजर, कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर, टे«ड मार्केटिङ हेडलगायतको भूमिकामा हुनुहुन्थो । फोनपेमा उहाँले विजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसनलगायत बजार प्रवद्र्धनको कार्य सम्हाल्नुहुनेछ । उहाँको आगमनसँगै कम्पनीले थप सफलता हासिल गर्ने अपेक्षा गएिको छ ।

डिजिटल नेपालको परिकल्पना गर्दै साढे दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल करिब ६ लाख मर्चेन्ट रहेका छन् ।बैंंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । फोनपे नेटवर्कमा हाल ६० वटा बैंक तथा वित्तीय संस्था तथा भुक्तानी प्रणाली सञ्चालक आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्