सुनको मूल्य एक लाख नौ सय रुपैयाँ



न्युज अफ नेपाल, काठमाडौं ।

सुनको मूल्य मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय निर्धारण भएको छ । चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्