देशको अर्थतन्त्र सङ्कटमा गयो भन्दै कुप्रचार गरियो : अर्थमन्त्री शर्मा



काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रका विषयमा कुप्रचार गरिएको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्र ठूलो सङ्कटमा गएको भन्ने विषय कुप्रचार मात्र भएको बताए ।

यसअघि आइतबार नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै देशको अर्थतन्त्र धराशायी बन्दै आएको र इतिहासमै पहिलो पटक कमजोर बनेको बताएको थियो । एमालेले देशको अर्थतन्त्रबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको भोलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेका हुन् ।

उनले अर्थतन्त्रका सूचना कमजोर भएपनि धराशायी नै नबनेको प्रस्ट पारे । ‘बाहिर अर्थतन्त्र डुबिसक्यो, धरासयी बन्यो, टाट पल्टिसक्यो भनेर कुप्रचार गरिरहेको देखिएको छ । त्यस्तो कुप्रचार गर्नु आवश्यक छैन,’ मन्त्री शर्माले भने ।

अर्थतन्त्र कमजोर अवस्थातिर गइरहेको भन्दै त्यसका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्