आइसीएफसी फाइनान्स बिर्तामोडमा



काठमाडौं  ।

आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा आइतबार प्रदेश नं. १, झापाको विर्तामोड नगरपालिका–४, बिर्तामोडमा आफ्नो २१ औं शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले गर्नुभयो । शाखाको उद्घाटन कार्यक्रममा विर्तामोड उघोग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपाने, यस फाइनान्सका सञ्चालक सुशीलकुमार अर्याल, प्रमुख कार्यकारी अधिकृत सुनील पन्त, नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठ तथा नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीकोे उपस्थीती रहेको थियो ।

आइसिएफसि फाइनान्सले मोबाइल बैकिङ, इन्टरनेन्ट बैकिङ, लकर सेवा, ३६५ दिन बैकिङ सेवा, ए.टी.एम कार्ड, आस्वा सेवा, डिम्याट सेवा, रेमिटेन्स सेवा, विभिन्न प्रकारका कर्जा सुविधा तथा अन्य सम्पूर्ण अत्याधुनिक बैकिङ सुविधाको साथमा विगत १८ वर्षदेखि ग्राहकलाई बैकिङ सुविधा प्रदान गरिरहेको छ ।

चुक्ता पूँजी १ अर्ब १२ करोड ७१ लाख रहेको यस फाइनान्सले हाल सम्म एक लाख भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै १६ अर्ब ५७ करोड निक्षेप संकलन र १४ अर्ब ११ करोड कर्जा प्रवाह गरेको सो संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्