महालक्ष्मी विकास बैंकको परासी शाखा स-यो



काठमाडौं ।

महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका–५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ ।एक विशेष कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक राहुल अग्रवाल र पूर्व गृहराज्यमन्त्री श्री देवेन्द्र राज कंडेलले संयुक्त रूपमा गर्नुभएको हो ।

बैँकका वरिष्ठ प्रमुख कार्यकारी अधिकृत दीपेश लम्सालले बैंकले गर्दै आएको विभिन्न गतिबिधिहरू बारे प्रकाश पार्नु भयो । उहाँले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रूपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त शाखाबाट ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पु-याउने लक्ष्य बैंकले राखेको छ ।सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरूस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कृष्णबहादुर गुरूङले ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्