रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो ५ जी नेपाली बजारमा



काठमाडौं (नेस) ।

ग्लोबल टेक्नोलोजी लिडर साओमीले रेडमी नोट ११ एस्, र रेडमी नोट ११ प्रो ५जी नेपालमा लन्च गरेको छ । हरेक वर्ष नयाँ प्रविधि र फिचर भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेडसहित यी नयाँँफोन बजारमा ल्याएको हो ।

साओमीले यी फोनहरूको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले,र एसओसीमा उल्लेखनीय सुधार गरेर फ्ल्याग शिपफोनको उपलब्धतालाई झनै सहज बनाएको छ । लन्चको बारेमा बोल्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भन्नुभयो– ‘हामीले जुनै पनि नयाँ काम गर्दा हाम्रा उपभोक्ताको रोजाइ र चाहनालाई ध्यानमा राखेर गर्ने गर्दछौं । त्यसैले हामी प्रविधिलाई सकेसम्म धेरैभन्दा धेरै मानिसहरूसम्म सहज रूपमा पुर्याउन चाहन्छौं उहाँले भन्नुभयो ।

हामीले अहिले लन्च गरेको रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो ५जीले फ्ल्यागसिप लेभलको प्रविधिलाई अझै धेरै पहुँचयोग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको छ र प्रविधिलाई सुलभ मूल्यमा सर्वसाधारणसम्म पुर्याउने हाम्रो मुल मान्यतालाई साकार बनाएको छ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्