दराजको नयाँ वर्ष अभियान घोषणा



काठमाडौं (नेस) ।

नेपालको अग्रणी अनलाइन बजार, दराजले चैत २८देखि नव वर्षको सेल – नयाँ रहर नयाँ अफर शुरू हुने घोषणा गरेको छ । नयाँ वर्षको अवसरलाई लिएर दराजले ग्राहकहरूलाई आश्चर्यजनक डिलहरू, ५हजार सम्मको भाउचर, विशेष अफरहरू, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ स्कुटर जित्ने अवसर लिएर आएको छ ।

अभियानको लागि नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराजबीच सम्झौता भएको छ । जसबाट नेपाल बैंकका कार्ड वाहकले डेबिट प्रि–पेमेन्टमा १० प्रतिशत अधिकतम १ हजार र क्रेडिट कार्ड प्रि–पेमेन्टमा १५ प्रतिशत (अधिकतम १हजार ५ सयसम्म छुटको घोषणा गरेको छ ।

त्यस्तै, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमान्डु, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्डवाहकले डेबिट कार्डमा १० प्रतिशत १ हजार छुट र क्रेडिट कार्ड अनलाइन प्रि–पेमेन्टमा १५ प्रतिशत १हजार ५ सयसम्मको छुटको व्यवस्था गरेको छ ।

साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरूले अनलाइन प्रि–पेमेन्टमा १५ प्रतिशत सम्म छुट अधिकतम १ हजार प्राप्त गर्न सक्नेछन । यद्यपि, यो अफर ११ अप्रिलदेखि १५ अप्रिलसम्म मान्य हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्