सामसङको रेफ्रिजेरेटर र वासिङ मेसिनमा आकर्षक छुट योजना



काठमाडौं (नेस) ।

सामसङ नेपालले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपालि योजना सञ्चालनमा ल्याएको छ । चैत ११ देखि आउँदो जेठ १ गतेसम्म ग्राहकले सामसङका टिभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना सामसङको टिभी, रेफ्रिजेरेटर, र वासिङ मेसिन खरीदमा लागु गरिएको छ । जसअनुसार सामसङको लाइफस्टाइल टिभी द फ्रेम, खरिद गर्दा प्रारम्भिक क्यासव्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । १ सय प्रतिशत कलर भोल्युम क्वान्टम डट प्रविधिको क्यू एल ई डी टिभी २० प्रतिशतसम्म र सबैभन्दा लोकप्रिय क्रिस्टल ४ के यूएचडी टिभी २० प्रतिशतभन्दा बढी छुटमा उपलब्ध छ भने पी सी मोड, म्युजिक सिस्टमजस्ता विशेषताले नौलो रोमाञ्चक अनुभूतिप्रदान गर्ने सामसङ स्मार्ट टिभीमा अधिकतम २५ प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।

यसैगरी सामसङको नवीन ५७९ लिटर क्यापासिटीको कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर, ३१४ लिटर क्षमताको कर्ड माइस्त्रो, र डिजिटल इन्भर्टर डबल डोर रेफ्रिजेरेटरहरू र सिंगल डोर रेफ्रिजेरेटरहरू २२ प्रतिशतसम्मको क्यासब्याक अफर उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्