रियल म्याङ्गो पेट बजारमा



काठमाडौं (नेस) ।

फ्रुट जुसको विधामा बजारको अग्रणी डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा पनि उपलब्ध भएको कम्पनीले जनाएको छ । डाबर नेपालका व्यवसाय प्रमुख एचएस बेदीले भन्नुभयो– ‘नेपाली उपभोक्तालाई नवीनतम उत्पादनबाट खुसी राख्ने निरन्तर प्रयासकै यो एउटा उपज हो ।’

डाबर नेपालका मार्केटिङ्ग प्रमुख अभय गोर्खालीले भन्नुभयो – ‘रियल पेट बोतलको लन्च गहन बजार अनुसन्धानको प्रतिफल हो, जहाँ उपभोक्ताको पेट बोतल प्रतिको लगाव ज्यादै उच्च थियो ।’

उहाँले थप भन्नुभयो– ‘बजार अग्रणी भएको नाताले प्याकेजिङलाई विस्तारित गरी नयाँ आकर्षक स्वरूप पेट बोतलमार्फत पारखी नेपाली उपभोक्ताको मुखै रसाउने स्वादिलो फ्रुट जुस प्रदान गर्नु हाम्रो दायित्व पनि हो ।’

रियल पेटलाई टेस्ट द फन ट्याग लाइनका साथ स्वादिलो/टेस्टी र फन जुसको रूपमा परिचित गरिएको छ र यसलाई अन द गो मै हुने युवाहरूप्रति लक्षित गरिएको कम्पनीले जनाएको छ ।

सिने जगतको प्रख्यात अभिनेत्री आँचल शर्मा र चिर–परिचित गायक सुशान्त केसीलाई मिलेनियलसँग कनेक्ट भएको कारणले ब्रान्डले सेलिबे्रटी अनुमोदन कर्ताको रूपमा लिएको छ । नयाँ पेट २०० एमएल, ५०० एमएल र १ लिटर बोटलमा क्रमशः ३५, . ८५ र १५० मा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्