एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा पौडेल नियुक्त



काठमाडौं (नेस) ।

सफ्टवेयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेसनलको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त हुनुभएको छ । १६ वर्षभन्दा लामो बैंकिङ्ग क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेसनलमा आबद्ध हुनुभएको हो । उहाँसँग नविल बैंकमा १३ वर्षसम्मको डिजिटलाइजेसन हेड,कार्ड एन्ड अल्टरनेट च्यानल हेडका रूपमा काम गरेको अनुभव छ । नबिल बैंकमै उहाँले टेक्नोलोजी एन्ड डिजिटल बिजनेसका रूपमा समेत काम गर्नुभएको थियो । यसअघि पौडेल नेपाल बैंक लिमिटेडको कोर बैंकिङ्गको टेक्नोलोजी पार्टमासमेत आबद्ध हुनुहुन्थो । यस्तै उहाँसँग अन्य क्षेत्रमा पनि लामो समय सफ्टवेयर डेभलपमेन्टका रूपमा काम गरेको अनुभव छ ।

एफवान सफ्टमा पौडेलको आवद्धतासँगै एफवान सफ्टले विश्वमा विकास भएका नवीनतम प्रविधिलाई नेपाली माटो सुहाउँदो बनाउनुका साथै नेपालमा पनि आम मानिसको दैनिक जनजीवन सहज बनाउने खालका सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ ।
सप्mटवेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनीमध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ ।

एफवान सफ्ट गु्रपअन्तर्गत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन् । एफवान सफ्टअन्तर्गत ई–सेवा, फोनपे, ई–सेवा मनि ट्रान्सफर, कोजेन्ट हेल्थ, दियालो टेक्नोलोजिज, बस सेवालगायतका स्थापित कम्पनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्