सुनको मूल्य घट्याे : ताेलाकाे कति पुग्याे ?



न्युज अफ नेपाल, काठमाडौं ।

सुनको मूल्य बुधबार तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको मूल्य तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्