डिस होमको नयाँ योजना सार्वजनिक



काठमाडौं (नेस) ।

डिस होमले आफ्ना ग्राहकहरूको लागि १ वर्षमा २४ महिनाको योजना ल्याएको छ । डिस होमको सेवा लिइरहेका डीटीएचका ग्राहकलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिस होमको डिलर दाइबाट फन्ड ट्रान्स्फरमार्फत् एक वर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।

यस सँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरू मध्येबाट प्रत्येक हप्ता लक्की ड्रमार्फत एक जना ग्राहकले एक लाख पनि जित्न सक्नेछन् । हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोमका एक्सक्लुसिभ च्यानलहरू रमाईलो एचडी, सरोकार टिभी, रियालिटी टिभी, नेपा च्यानललगायत डिस होम सोकेस मा लक्की ड्रको प्रत्यक्ष प्रसारण हुनेछ ।

१ वर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र १ लाख जित्ने यो योजना चैत्र २१ पछि रिचार्ज गर्ने डिस होमका ग्राहकहरूले लिन सक्नेछन् । एक दशकदेखि स्याटेलाइट प्रविधिमा उत्कृष्ट दृश्यसहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिस होम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो साथै डीटीएच प्रविधिमार्फत टेलिभिजन सेवा दिइरहेको डिसहोम ले फाइवरमार्फत डिसहोम फाइवरनेट ब्रान्ड नेममा नेपालभर इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्