भ्वाइस कल गर्न मिल्ने कस्पेटको स्मार्टवाच बजारमा



काठमाडौं (नेस) ।

नेपालका लागि कस्पेटको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजी प्रालिले नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरू लन्च गरेको छ । कम्पनीले नेपाली बजारको मागलाई ध्यानमा राखेर पहिलोपटक फोन कल गर्न सकिने स्मार्टवाच ल्याएको हो ।

कम्पनीले नेपाली बजारमा युरोपको स्मार्टवाच ब्रान्ड कस्पेट म्याजिक थ्रिएस र कोस्पेट ट्यांक एम १ स्मार्टवाच भित्र्याएको हो । यी दुवै स्मार्टवाच नेपालभर उपलब्ध भइसकेका छन् । कस्पेटका सम्पूर्ण स्मार्टवाचहरू युरोपेली मापदण्ड र स्तरअनुसार उत्पादन गरिएका छन् ।

म्याजिक थ्रिएस नामक नयाँ मोडलको स्मार्टवाचमा आइफोन तथा कुनै पनि एन्ड्रोइड स्मार्टफोनमा कनेक्ट गरेर स्मार्टवाचबाटै सीधै भ्वाइस कल गर्न वा कुराकानी गर्न सकिने फिचर रहेको छ । ती स्मार्ट वाचमा १.६९ इन्चको टीएफटी डिस्प्ले राखिएको छ भने पावरका लागि २६० एमएएचको ब्याट्री प्याक रहेको छ । कस्पेट म्याजिक थ्रिएस स्मार्टवाचलाई एकपटक चार्ज गरेपछि ७ दिनसम्म सजिलै चलाउन सकिन्छ ।

कस्पेटको म्याजिक थ्रिएस स्मार्टवाचमा २० विभिन्न प्रकारका स्पोर्टस मोड छन् भने यसले ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ । त्यसै गरी प्रयोगकर्ताको शरीरको तापक्रम नाप्ने सुविधासमेत रहेको छ । स्मार्टवाच आईपी ६७ वाटर रेसिस्ट्यान्टसहित आउनेछ । यसको सबैभन्दा महत्वपूर्ण फिचर भनेका ब्लुटुथमार्फत आफ्नो फोनमा कनेक्ट गरेर भ्वाइस कल गर्न सकिने व्यवस्था गरिएको छ ।

स्मार्टवाच स्पोर्टीलुक मनपराउने प्रयोगकर्ताका लागि ध्यानमा राखेर ल्याइएको हो । कस्पेट ट्यांक एम १ मा १.७२ इन्चको ठूलो टीएफटी डिस्प्ले साइज राखिएको छ । यसमा ३८० एमएएचको पावरफुल ब्याट्री रहेको छ जसले एक चार्जमा १५ दिनसम्म प्रयोग गर्न सकिने छ ।

ट्यांक एम १ स्मार्टवाचमा २० ओटा फरक स्पोर्टस मोडहरू छन् भने यसले प्रयोगकर्ताको ब्लड अक्सिजन, हर्ट रेट र ब्लड प्रेसर मनिटर गर्न सक्दछ । स्मार्टवाच ५ मिटरसम्म पानीमा पर्दा पनि केही नहुने किसिमको वाटर रेसिस्ट्यान्ट प्रविधियुक्त रहेको छ भने ५० ओटा वाच फेसेज, कल रिमाइन्डर छ ।

आउटडोरको लागि निकै उपयुक्त यो कस्पेट ट्यांक एम १ डस्टरूफ र सकरूफ रहेको छ । यो विशेष गरी यात्रा गरिरहन मन पराउने र ट्रेकिङ जानेहरूको लागि उत्कृष्ट रोजाई पर्ने कम्पनीले दाबी गरेको छ ।

नेपाली बजारमा कस्पेटका स्मार्टवाच बिक्री गर्दै आएको क्रोमा टेक्नोलोजीका बिक्री प्रबन्धक नवीन पण्डितले युरोपियन ब्रान्डका स्मार्टवाच नेपालमा पहिलोपटक आएका र यसले ग्राहकहरूलाई सन्तुष्ट पार्दै आएको बताउनुभयो । बजारमा कस्पेट म्याजिक थ्रिएसको बजार मूल्य हजार,४ सय९९ रूपियाँ तथा कस्पेट ट्यांक एम १ को मूल्य ७ हजार १ सय ९९ रूपियाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्