साओमी १२ प्रो नेपाली बजारमा



काठमाडौं (नेस) ।

ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो फ्ल्याग्सिपसिरिज साओमी १२ अन्तर्गत साओमी १२ प्रो को लन्च गरेको छ । प्रयोगकर्तालाई कटिङ एज भिडियोग्राफी र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभवदिने उद्देश्यले अत्याधुनिक एल्गोरिदम, फ्ल्यागसिप प्रोसेसिङ पावरको साथ फोन बजारमा आएको छ ।

लन्चको बारेमाबोल्दै साओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पन्डाले भन्नुभयो – ‘नयाँ–नयाँप्रविधि र नयाँ–नयाँ फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि हामी सधैं टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरू ल्याउन केन्द्रित छौं । यसै सिलसिलालाई निरन्तरता दिँदै हामीले हाम्रो फ्ल्यागसिप साओमी १२ प्रो लन्च गरेका छौं, आशा छ यहाँहरूले यसलाई मन पराइदिनुहुनेछ ।

वहाँले भन्नुभयो, ‘साओमी १२ प्रोको ५०एमपी मेन वाइड एङलको सुपेरियर ट्रिपल क्यामरा र जेन १ प्रोसेसरले एकदमै उत्कृष्ट फ्ल्यागसिप अनुभव प्रदान गर्छ। यसमा डिस्प्ले मेटले ए प्लस रेटिङ गरेको एमोलेड डट डिस्प्ले छ जसले ट्रु कलर सपोर्ट गर्छ र भिडियो स्पष्टसँग हेर्न मिल्छ । साथै यसमा स्क्य्राच रेसिस्टान्ट कर्निङ गोरिल्लाग्लास भिक्टस राखिएको हुँदा स्क्रिन कोरिने चिन्ता हुँदैन ।’

सिनेम्याटिक सट एनी टाइम
साओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिन्छ, चाहे उज्यालो नपुगेको ठाउँ होस् या चलायमान कुनै दृश्य होस् । ८ के सम्मका भिडियोहरू रेकर्ड गर्न सक्ने ५० एमपी वाइड एंगल मुख्य क्यामरासहितको प्रो ग्रेड ट्रिपल क्यामेराले ५० एमपीको मुख्य वाइड एंगल क्यामराले यसलाई आकर्षक लुक दिनुको साथै तस्विरहरू पनि अत्यन्त राम्रो रेजोलुसन दिने कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्