‘खल्ती’ ले खोज्दै ‘खल्ती लेख स्टार’



काठमाडौं (नेस) ।

खल्ती डिजिटल वालेट ‘खल्ती लेख–स्टार’ को खोजीमा हिँडेको छ । जसअन्तर्गत ३ जनाले ५० हजार, २५ हजार र १५ हजार जित्न सक्नेछन् । ‘खल्ती लेख–स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरी नेपाली भाषामा विभिन्न लेख रचना गरी पोस्ट गरी ‘खल्ती’ लाई पठाउनुपर्नेछ ।

इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाइन, टंग ट्विस्टर, कविता, उखान टुक्का, ट्याग लाइन्स, र्याप आदिमार्फत् सोसल मिडियामा पोस्ट गरी सेयर गर्नुपर्नेछ । पोस्ट गरेपश्चात् आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरणसहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइनेछ । यो प्रतियोगिता चैत १५, वैशाख १४, लागु हुने खल्तीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्