निर्माण क्षेत्रमा नयाँ आयाम : जगदम्बा ग्याल्भा प्लस र जगदम्बा सुपर साइन



काठमाडौं (नेस) ।

जगदम्बा ग्याल्भाप्लस, प्रिमियम एल्युमिनियम–जिंक कोटेड सिट जसलाई ग्याल्भल्युम भनिन्छ । जगदम्बा ग्याल्भा प्लस नेपालमा अत्याधुनिक रुफिङ उद्योगमा नयाँ आयाम हो जसले फलामलाई अक्सिडेसनबाट बचाउने र परिणामस्वरूप उत्पादनलाई सामान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउ बनाउने कम्पनीले जनाएको छ ।

विभिन्न रंगको विकल्पमा उपलब्ध यही ग्याल्भा प्लसलाई भने जगदम्बा सुपर साइनको नाम दिइएको छ । नाम र रंगमा फरक भए तापनि यसको उत्पादन र रासायनिक गुणहरू एउटै भएको कम्पनीले जनाएको छ । विभिन्न आकर्षक रंगले कोटिङ गरिएको जगदम्बा सुपर साइनजस्ता पाता कच्चा मालको रूपमा एल्युमिनियम–जिंक कोटेड प्लेट (पीपीजीएल) प्रयोग गरी निर्माण गरिएको कम्पनीले जनाएको छ ।

एल्युमिनियमले जगदम्बा ग्याल्भा प्लस वा जगदम्बा सुपर साइनलाई नेपाली बजारमा उपलब्ध साधारण ग्याल्भेनाइज्ड स्टिलभन्दा भिन्न भएको पनि कम्पनीले जनाएको छ । जगदम्बा ग्याल्भा प्लस नेपालको पहिलो स्वचालित अत्याधुनिक ग्याल्भल्युम लाइन प्रक्रियाबाट उत्पादित पहिलो एल्युमिनियम–जिंक कोटिङ भएको उत्पादन भएको पनि कम्पनीले जनाएको छ ।

जगदम्बा ग्याल्भा प्लस पाताको उत्पादनमा नवीनतम विश्व प्रख्यात प्रविधि र सर्वोत्कृष्ठ उपकरणको प्रयोग छ जसले घरका लागि उच्चतम सुरक्षा, दीर्घायु जीवन र आकर्षक स्वरूप सुनिश्चित गर्ने कम्पनीले दावी गरेको छ । देशकै अग्रणी स्टिल उत्पादक कम्पनीले नेपालको औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ ।

जगदम्बा स्टिलका उत्पादनहरू, जगदम्बा सुपर साइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति गर्न थालेको छ । जगदम्बा ग्याल्भा प्लसको प्राथमिक फाइदा यसको खिया प्रतिरोधात्मक विशेषता भएको पनि कम्पनीले उल्लेख गरेको छ ।

जगदम्बा ग्याल्भा प्लस एन्टी–कोरोजन प्रविधिसहित निर्माण गरिएको हो जसले पाताको प्रारम्भिक क्षति रोक्दछ र यसलाई टिकाउ बनाउँछ । एल्युमिनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि गर्ने कम्पनीले उल्लेख गरेको छ ।

अन्य कोटिङ प्रविधिहरूको तुलनामा एल्युमिनियम–जिंक कोटिङ भएको जगदम्बा ग्याल्भा प्लस उत्पादनहरूमा खिया प्रतिरोधात्मक क्षमता अझ उच्च हुन्छ जसले जस्तो प्रतिकूल मौसममा पनि दीर्घकालीन सुरक्षा प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

भारी वर्षा, उच्च आर्द्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता जगदम्बा ग्याल्भा प्लसमा रहेको हुन्छ । उच्च आर्द्रता भएको क्षेत्रमा ग्याल्भा प्लसले सबैभन्दा मजबुत सुरक्षा प्रदान गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्