स्व: शाह पत्रकारिता पुरस्कारद्वारा नेपाल समाचार पत्रकर्मी शर्मा सम्मानित



 जाजरकोट । 

स्वार्गिय रबिन्द्र शम्सेर शाह पत्रकारिता पुरस्कारबाट नेपाल समाचारपत्रकर्मी बासुदेव शर्मालाई प्रदान गरिएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा जाजरकोटले स्थापना गरेको स्वर्गीय शाह स्मृति पत्रकारिता पुरस्कार शर्मालाई प्रदान गरिएको हो ।

नेपाल विद्यार्थी संघ जाजरकोटका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य, प्रेस युनियनका संस्थापक सदस्य स्वर्गीय शाहको नाममा स्थापना गरेको स्वर्गीय रबिन्द्र शाह स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजन कार्यकारी निर्देशक समिर जंग शाह, नेपाल समाचार पत्रकर्मी बासुदेव शर्मा र बद्री पन्तलाई प्रदान गरिएको थियो । नेपाली काँग्रेस जाजरकोटले स्वर्गीय शाहको सम्झनामा आयोजना गरेको पाँचौँ स्मृति सभामा नेपाल प्रेस युनियन जाजरकोट शाखाले तिन जना पत्रकारलाई पुरस्कार प्रदान गरेको थियो ।

विगतका वर्षमा महामारीको रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण कार्यक्रम हुने नसकेपछि तिन वर्षको पुरस्कार यस वर्ष वितरण गरिएको हो । राजनीतिमा र समाजसेवामा सक्रिय शाहको २०७३ साल चैत्र १५ गते हत्या भएको थियो ।  पाँचतारा युवा संरक्षक मंञ्च नामक संस्थाका अध्यक्ष समेत रहेका स्वर्गीय शाहले करिव एक सय भन्दा बढी युवालाई रोजगारी सिर्जना गरी समाजसेवामा जीवन समर्पित गर्दै आउनु भएको  थियो । समाज परिवर्तनमा सक्रिय स्वर्गीय शाह युवाहरूका बिच लोकप्रिय हुनुहुन्थ्यो । नेपाली काँग्रेसका कर्णाली प्रदेश उपसभापति सनत कुमार कार्कीले लगनशील, निडर स्वभाव, आत्मविश्वासी, क्षमता वान युवा गुमाउँदा ठुलो क्षति पुगेको बताउनु भयो ।

 बिद्याथी राजनीति हुँदै समाज रुपान्तरणका लागी संस्था दर्ता गरी समय समयमा हजारौँ युवालाई रोजगारी दिनु भएका स्वर्गीय शाहको योगदानको चर्चा गर्नु भएको थियो । नेपाली काँग्रेस जाजरकोटका सभापति बेदराज सिंहले निडर स्वभावका धनी स्वर्गीय शाहसँग बाल्यकाल देखी एउटै बिस्तरामा बिताएका क्षण, व्यवस्था परिवर्तनका समयमा उहाँले पुर्‍याउनु भएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो । स्वर्गीय शाह लगायत काँग्रेस भएकै कारण धेरै जना अग्रजले समाज परिवर्तनका लागी ज्यान गुमाउनु परेकाले आगामी वैशाख ३० गतेको निर्वाचनमा काँग्रेसलाई विजय गराएपछि उहाँहरूको आत्मसम्मान हुने बत्ताउनुभयो । स्वर्गीय शाहको पाँचौँ स्मृति सभामा ९० वर्षीय बुवा योगशम्सेर शाह रामजंग शाह लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्