भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने



काठमाडौं (नेस) ।

ग्लोबल आईएमई बैंकले नेपाल–भारतभित्रका ग्राहकहरूलाई क्युआर सुविधा चालु गर्नका लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) सँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार यस बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरूलाई सामान खरिद गर्दा क्युआरमार्फत् भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिनेछ ।

उक्त सुविधा प्रदान गर्नका लागि सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गर्नुभएको छ ।

सेवा सञ्चालनमा आएपश्चात्, यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुनेछ । अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवाबाट नेपाली र भारतीय व्यापारीबीच क्युआर पेमेन्टमार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिने बैंकले जनाएको छ । साथै, बैंकका ग्राहकले पनि भारतीय व्यापारीलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

त्यसै गरी, ग्राहकहरूले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकहरूबाट ग्लोबल आईएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्नेछन् । यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिनेछ ।सुरक्षित र भरपर्दो माध्यमको रूपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल आईएमई बैंकले सदैव अग्रसर रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्