मुक्तिनाथ विकास बैंकको आश्रमलाई सहयोग



काठमाडौं (नेस) ।

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको छ । सोही योजनाअनुसार बैंकले दाङको राप्ती गाउँपालिका ८, पिपरी, दाङस्थित नीलसागर असहाय अशक्त तथा ज्येष्ठ नागरिक पुनःस्थापना केन्द्र (नीलसागर सेवा आश्रम) का लागि खाद्य वस्तुहरू, डस्टबिन तथा अन्य सामग्रीहरूका लागि सहयोग गरेको छ । बैंकले नीलसागर सेवा आश्रमलाई एक कार्यक्रमबीच उक्त सामग्रीहरू हस्तान्तरण गरेको छ ।

उक्त सहयोगबाट नीलसागर सेवा आश्रम रहेर बस्नुभएका ज्येष्ठ नागरिक, अशक्त नागरिकको पुनःस्थापना गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्