ई–सेवा र इसेडबीच सम्झौता



काठमाडौं (नेस) ।

नेपालको रेमिट्यान्स बजारमा बलियो उपस्थिति जनाउँदै आइरहेको ई–सेवा मनि ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैंक बीएफसी बैंकअन्तर्गत रहेको इसेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बीएफसी बैंकका शाखाहरू तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट ई–सेवा मनी ट्रान्सफरमार्फत नेपालमा पैसा पठाउन सकिने कम्पनीले जनाएको छ । सम्झौतामा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट सीईओ, अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसरसमेत रहनुभएका कार्यबहाक सीईओ, मुजाहिद मलिकले हस्ताक्षर गर्नुभयो ।

सम्झौताबारे बोल्दै ई–सेवा मनी ट्रान्सफरका सीइओ, अजेस कोइरालाले भन्नुभयो, – ‘इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । यस रेमिट्यान्स सम्झौतामार्फत ई–सेवा मनी ट्रान्सफरले नेपालीहरूलाई आफ्नो परिवारसँग जोड्ने कुरामा हामी विश्वस्त छौं र यसै गरी सकेसम्म धेरै विदेश गएका नेपालीहरूलाई डिजिटल रेमिट्यान्सको माध्यमबाट सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो घर–परिवारसम्म जोड्न हामी निरन्तर लागि रहने छौं ।’

इसेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा बसोवास तथा काम गर्दै आएका नेपालीहरूले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा, सोझै पाउने व्यक्तिको बैंकको खातामा डिपोजिट गर्न मिल्नुका साथै ई–सेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ । त्यस्तै इजेड रेमिटको शाखाहरूबाट पठाएको रेमिट्यान्स नेपालभर रहेका ई–सेवा मनी ट्रान्सफरका १२ हजार बढी भुक्तानी केन्द्र र ई–सेवाका मुलुकभर रहेका १ लाख ३० हजार बढी एजेन्ट नेटवर्कबाट पनि तुरुन्तै रकम प्राप्त गर्न सकिनेछ ।

साथै,पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै ई–सेवा वालेटमा प्राप्त गरेर अतिरिक्त ७७ बोनस रकमसमेत प्राप्त गर्न सकिनेछ । साथै ई–सेवा मनिमार्फत् आएको रकम प्रभु म्यानेजमेन्टअन्तर्गत रहेका सहकारी संस्थाहरूबाट समेत भुक्तानी लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्