एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम



गैंडाकोट (नेस) ।

एनएमबी बैंक गैंडाकोट शाखाले आफना कर्मचारी तथा ग्राहकको सहभागितामा गैंडाकोट–४, दर्शन चोकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कञ्चन आमा समूहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबी बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल बैंकिङ्गका साथै बैंकको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

आमा समूहको तर्फवाट निवर्तमान अध्यक्ष शान्ता भुजेलले एनएमबी बैंकले, आउँदा दिनमा पनि यस्ता वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी समूहलाई अझ शसक्त बनाउन मद्दत गर्ने बताउनुभयो ।

बैंकले सर्बसाधारणलाई बैंकिङ्ग तथा वित्तीय साक्षरतासम्बन्धी सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा यस किसिमका कार्यक्रम सञ्चालन गर्दै जाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्