नेपाल लाइफले शुरू गर्‍यो चेतनामूलक कार्यक्रम



काठमाडौं (नेस) ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको ‘नेपाल लाइफ, पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल सांघाईले संयुक्त रूपमा उक्त ‘नेपाल लाइफ पाठशाला’ को उद्घाटन गर्नुभयो ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले यस्ता किसिमका गुणस्तरीय तालिमको पूर्वाधारहरूलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने सोच रहेको बताउनुभयो । उहाँले नेपाल लाइफ, पाठशाला भविष्यमा एक उदाहरणीय तालिम प्रदान गर्ने संस्था बन्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले शुरू गरेको पाठशाला एक उदहारणीय कार्य भएको बताउँदै सफलताको शुभकामना व्यक्त गर्नु्भयो ।
नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष सांघाईले अभिकर्ता तथा कर्मचारीको व्यावसायिक दक्षता एवं क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी सुविधा सम्पन्न ‘नेपाल लाइफ, पाठशाला’ को स्थापना गरिएको बताउनुभयो ।

आगामी दिनहरूमा यस पाठशालामा विज्ञ प्रशिक्षकमार्फत अभिकर्ता र कर्मचारीका लागि नियमित तालिम एवं सेमिनार सञ्चालन गर्न कम्पनी व्यवस्थापनलाई सुझाव दिनुभयो ।
कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका सञ्चालकहरू रामअवतार अग्रवाल र बिमलप्रसाद ढकाल, कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी, विभागिय प्रमुखहरू र अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्