ओप्पोद्वारा नेपाली बजारमा ओप्पो ए ७६ सार्वजनिक



काठमाडौं (नेस) ।

विश्वव्यापी रूपमा अग्रणी स्मार्टफोन ओप्पोले नेपालमा आफ्नो ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ओप्पो ए ७६ सार्वजनिक गरेको छ । ओप्पो ए ७६ ले ओप्पोको स्वामित्वको ओप्पो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तरता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन बजारमा ल्याएको छ । ओप्पो ए ७६ मा अभूतपूर्व दृश्य अनुभव पस्कने सोचका साथ ६ दशमलव ५६ इन्चको पञ्च होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेस रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गराइएको छ ।

प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यकता पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधासहितको ५ हजार एमएएच क्षमताको ब्याट्री पनि जडान गरिएको कम्पनीले जनाएको छ ।

ओप्पो ए ७६ को ग्लो डिजाइन हेर्दा आकर्षक हुनुका साथै बोक्दा पनि उत्तिकै सहज तथा आरामदायी हुने कम्पनीको दाबी छ । यो भर्सनको मोबाइल फिंगरप्रिन्ट र धुलो प्रतिरोधात्मक छ । ग्लोइङ्ग ब्ल्यू (निलो) र ग्लोइङ्ग ब्ल्याक (कालो) गरी दुई आकर्षक रंगमा उपलब्ध फोन पहिलेका फोनको तुलनामा अझ हल्का, चहकिलो र थप टेक्सचर्ड छ ।

ओप्पो ए ७६ मा ८९ दशमलव ९ प्रतिशत स्क्रिन–टु–बडी रेसियो र पञ्च होल डिस्प्ले डिजाइनसहितको ६ दशमलव ५६ इन्चको एचडी डिस्प्लेको प्रयोग गरिएको छ । भिडियो हेर्दा तथा गेम खेल्दा सहज तथा आरामदायी अनुभव प्रदान गर्न यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेस रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध रहेको कम्पनीको दाबी छ । फोनको साइडमा फिंगरप्रिन्ट सेन्सर दिइएको छ ।

फोनको साइडमा दिइएको यो पातलो फिंगरप्रिन्ट सेन्सर र बटन्सले फोनलाई अझ हल्का, पातलो, बोक्दा आरामदायी र हेर्दा थप आकर्षक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्