सीजीको उपहारै उपहार



काठमाडौं (नेस) ।

नेपालको शीर्ष घरेलु उपकरण कम्पनी सीजी इलेक्ट्रोनिक्सले निरन्तर आविष्कार र प्रविधि माध्यमबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा दिने गरेको छ । नेपालमा एलजीको उत्पादनको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सल एलजीको नयाँ वर्ष अभियान ‘यो नयाँ बर्ष, बाँडौं हर्ष’ सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकले एलजी एलजी होम इन्टरटेनमेन्ट र एलजी होम एप्लायन्सका उत्पादन खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकले एलजी ओलिडी टिभी, एलजी यूएच टिभी, एक्स बुम सिरिज भ्याकुम क्लिनर, सिङगल डोर रेफ्रिजरेटर को खरिदमाआकर्षक नगद छुट जित्न सक्नेछन् ।

ग्राहकले साइड बाइ साइड र फ्रेन्च डोर फ्रिज खरिद गर्दा निश्चित रूपमा निःशुल्क एयर फ्राइर वा ह्युमिडिफायर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्