शालिमार सिमेन्टलाई ४३ र ५३ ग्रेडको मान्यता



काठमाडौं (नेस) ।

आर्थिक मेरुदण्डको रूपमा परिचित बारा, पर्साको औद्योगिक नगरी गढीमाई नगरपालिका,पिपरा, सिमरा अवस्थित शालिमार सिमेन्टले अब बाट भीआरएम प्रविधिद्वारा ४३ र ५३ ग्रेडको सिमेन्टको उत्पादन तथा वितरण गर्ने जानकारी गराएको छ ।

ओपीसी,पीपीसी र पीएससी गरी वार्षिक १ करोड बोरा उत्पादन गर्दै आइरहेको कम्पनीले ४३ र ५३ ग्रेडको गुणस्तर पाएपश्चात् उत्पादन क्षमतामा वृद्घि गर्ने लक्ष्य लिएको छ । उच्च गुणस्तर क्लिंकरकोबाट उत्पादन हुने शालिमार सिमेन्टले ग्राहकको विश्वास जित्न सफल हुने कम्पनीले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्