जोनशनको प्रायोजनमा भव्य बेवि पेजेन्ट शो आयोजना हुने



न्युज अफ नेपाल काठमाडौं ।

जोनशनको मुख्य प्रायोजन सँगै एभरेष्ट बैंक र हिमालय हर्बलको सह प्रायोजनमा एक भव्य बेबी पेजेन्ट शो आयोजना हुने भएको छ ।

३ वर्ष देखि ७ वर्ष सम्मका बालबालिकालाई लक्षित गरी कार्यक्रमको आयोजना तय भएको छ । जारी प्रेस विज्ञप्ति अनुसार प्रतिस्पर्धामा ३ वर्ष देखि साढे ४.५ वर्षका बालबालिका “र्याम्प वाक विथ मदर” इभेन्टमा सहभागी हुन सक्नेछन् । त्यसै गरी ४.५ वर्ष उमेर भन्दा माथि र ७ वर्ष भन्दा मुनिका बालबालिकाहरु “र्याम्प वाक” र विभिन्न “ट्यालेन्ट शो” मा सहभागी हुन सक्नेछन् ।सहभागिताको लागि आकांक्षीहरुले निशुल्क रुपमा आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन् । बेबि पेजेन्ट शो मा भाग लिन चाहनेले अन्तिम आवेदन ११ चैत भित्र गरिसक्नु पर्नेछ ।

यस बेबि पेजेन्ट शो मा दुई छुट्टाछुट्टै बिद्यामा प्रतिस्पर्धा गरिने छ । यस बेबि ३ देखि ४ वर्ष समूहका प्रथम विजेताले  ५०,००० रूपैयाँ प्राप्त गर्नेछन् र दोस्रो र तेस्रोले क्रमशः २५,०००/१५,००० रूपैयाँ प्राप्त गर्नेछन् । सोही अनुरूप ५ वर्ष देखी ७ वर्ष समूहका प्रथम बिजेताले ५०,००० रूपैयाँ प्राप्त गर्नेछन् र दोस्रो र तेस्रोले क्रमशः २५,०००/ १५,००० रूपैयाँ प्राप्त गर्नेछन् । दुवै समूह गरी कुल पुरस्कार रकम १,८०,००० रहेको छ । निकै रुचि र कौतुहलताको साथ हेरिएको यस बेबि पेजेन्ट शोले विभिन्न चरणहरु पार गर्दै २६ चैतमा अन्तिम प्रतिस्पर्धा गर्नेछ ।

भौतिक रुपमा पठनपाठन सुरु भए सँगै लामो अन्तरालमा आयोजना हुन लागेकोले यस खालको भव्य प्रतियोगिताले बालबालिकामा रहेको सोचाई अनुभूति र प्रतिभालाई प्रस्फुटन गराउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्