सिटिजन्स बैंकले ल्यायो ई–केवाईसी सेवा



काठमाडौं (नेस) ।

सिटिजन्स इन्टरनेसनल बैंक लिमिटेडले डिजिटल बैंकिङ्गसेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर भौतिक रूपमा बैंकमा उपस्थित भई केवाईसी अद्यावधिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ई–केवाईसी सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवाउपयोग गर्न, बैंकको वेवसाइट र मोबाइल बैंकिङ्गएपमा उपलब्ध गराइएको लिङ्कमा गएर ग्राहकहरूले आफ्नो खाताको केवाईसी विवरणहरू बिना झन्झट अपडेट गर्न सक्ने छन् ।

आफ्नो केवाईसी फर्म अपडेट गर्नुअघि ग्राहकहरूले निश्चित भ्यालिडेसन प्रक्रिया पूरा गर्नुपर्र्ने हुन्छ । यो अनलाइन सेवाको प्रयोग गरी ग्राहकहरूले बैंकको शाखा जानुपर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोवाइल वा कम्प्युटरको माध्यमबाट कुनै पनि समय केवाईसी अद्यावधिकको निवेदन दिन सक्ने बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै कियोस्क सेवाको सुरुआत गरेको छ ।

कियोस्कमार्फत प्रारम्भिक रूपमा ग्राहकहरूले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटीएम तथा बैंकका शाखाको विवरणहरू प्राप्त गर्नेजस्ता सेवा बैंकका कर्मचारीको सहयोगबिना नै प्राप्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्