ई–सेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी नेटवर्कबाट पाइने



काठमाडौ (नेस) ।

नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक ई–सेवाका एजेन्ट नेटवर्क (जोन,पोइन्ट तथा क्यास पोइन्ट) बाट समेत प्राप्त गर्न सकिने भएको छ । ई–सेवा मनि ट्रान्सफरले संसारका २ सय बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्स भित्र्याउँदै आएको छ भने ई–सेवाले नेपालमा भुक्तानी प्रणालीको सेवा दिँदै आएको छ ।

यी दुई कम्पनी एफवान सफ्न इन्टरनेसनलका अन्तर्गतका भगनी संस्था हुन् । योसँगै, अब विदेशबाट ई–सेवा मनी ट्रान्सफर मार्फत आएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्रसँगै ई–सेवा वालेटका देशभर रहेका १ लाख ३० हजारभन्दा बढी जोन, पोइन्ट तथा क्यास पोइन्टमार्फत समेत पाइने भएको छ ।

त्यस्तै, ई–सेवाका एजेन्ट नेटवर्कबाट ई–सेवा मनी ट्रान्सफरमार्फत मुलुकभर आन्तरिक रेमिट्यान्स् पठाउन मिल्नुका साथै आफ्नो नाममा आएको रेमिट्यान्स प्राप्त गर्न समेत सकिने भएको छ ।

यसका साथै इसेवाका ५० लाख बढी प्रयोगकर्ताले इसेवावालेटबाट ई–सेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवाप्रयोग गरी देशभर आन्तरिक रेमिट्यान्स पठाउन सकिनेछ र विदेशबाट पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमानगई सोझै आफ्नो ई–सेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु. ७७बोनस समेत प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्