रियलमीका नयाँ सिरिजका मोबाइल बजारमा



काठमाडौं (नेस) ।

विश्वको सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन रियलमीले आफ्नो युथ फ्ल्यागसिप स्मार्टफोन रियलमी ९ प्रो प्लस ५ जी नेपाली बजारमा छिटै सार्वजनिक गर्दैछ ।
उत्कृष्टताका साथ तयार गरिएको रियलमी ९ प्रोेप्लस ५ जी मा मध्य–दायरा खण्डमा फ्ल्यागसिप क्यामेरा र शक्तिशाली ५जी प्रोसेसर रहेको छ ।

साथै, यस स्मार्टफोनमा रङ परिवर्तन इफेक्ट भएको सुन्दर लाइट सिफ्ट डिजाइन रहेको छ । आफ्नो नम्बर सिरिजमा रियलमीले फेरि पनि विश्वभरका प्रयोगकर्ताका लागि उत्कृष्ट अनुभव प्रदान गर्न मध्यदेखि उच्च खण्डमा थप विस्तार गरिरहेको छ ।

रियलमी ९ प्रो प्लस ५ जी दुई आकर्षक रङ्गहरूमा आउनेछ मिडनाइट ब्ल्याक र अरोरा ग्रीनसहित दुई भेरियन्टहरूमा उपलब्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्