एनएमबीको भिडियो अकाउन्टबाट विभिन्न सुविधा लिन सकिने



काठमाडौं (नेस) ।

एनएमबी बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो सेयर र सीआरएन अनलाइनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ । एनएमबी बैंक नेपाली बैंकिङ्ग जगतमै शुरूदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया शुरू गर्ने पहिलो बैंक हो ।

ग्राहकहरूले एनएमबी बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्ने बैंकले जनाएको छ ।
‘एनएमबी बैंकले ग्राहकहरूका लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको सुरुआत गर्न लागेको छ । ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नआई बैंकिङ्ग गतिविधि सञ्चालन गर्न सक्ने भएका छन् ।

हालको परिवेशमा यस प्रकारको सेवाले ग्राहकका लागि घरमै बसी सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ्ग सेवा प्रदान गर्न सकिने बैंकले जनाएको छ ।
बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले बैंकको वातावरण मैत्री बैंकिङ्गप्रति पूर्ण प्रतिवद्धतालाई यस्तो प्रकारको सेवाले परिपूर्ति गर्नु रहेको छ, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्