माछापुच्छ्रे बैंकद्वारा सीसीयु वार्ड हस्तान्तरण



काठमाडौं (नेस) ।

माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सीसीयु वार्डको निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्देश्यका साथ स्थापना गरेको उक्त २४ शै्याको सीसीयु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र महतोले उक्त सीसीयु वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त सीसीयु वार्ड हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे बैंक सञ्चालक समितिका सदस्यहरू रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायत उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरूलाई सहयोग गर्दै आएको थियो ।
त्यस्तै, बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरूमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्