६ महिनामा ८ अर्ब ७४ करोड खर्च



हेटौंडा, (नेस) ।

वागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८ अर्ब ७४ करोड ६४ लाख ९० हजार खर्च गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७८÷०७९ को बजेटको अर्धवार्षिक समीक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

चालु आर्थिक वर्षको कुल विनियोजित बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारमा पहिलो ६ महिना अवधिमा कुल खर्चमध्ये चालुतर्फ ५ अर्ब २ करोड १६ लाख ३३ हजार खर्च भएको र पु“जीतर्फ ३ अर्ब २ करोड ४८ लाख ५६ हजार, वित्तीय व्यवस्थापनतर्फ ७० करोड खर्च भएको मन्त्री जम्कट्टेलले जानकारी दिनुभयो ।

मन्त्रालयले चालु आर्थिक वर्षमा कुल राजस्व ३१ अर्ब ६९ करोड ४१ लाख २७ हजार प्राप्त हुने अनुमान गरेकोमा १३ अर्ब ५६ करोड ९२ लाख ५६ हजार प्राप्त भएको जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल राजस्व २६ अर्ब ५ करोड ७६ लाख ९६ हजार संकलन भएको थियो ।

मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट स्थानीय तहलाई समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानमा ७ अर्ब ५० करोड ५६ लाख ४१ हजार वित्तीय हस्तान्तरणको लक्ष्य लिए पनि २ अर्ब ८० करोड ३५ हजारमात्र हस्तान्तरण भएको मन्त्री जम्कट्टेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्